भारतमा फैलिने क्रममा कोरोना, महाराष्ट्रमा एकैदिन ११७ जनालाई संक्रमण
भारतको महाराष्ट्र राज्यमा बुधबार कोरोना ११७ जना संक्रमित थपिएका छन्।
यससँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितको संख्या दुई हजार ८०१ जना पुगेको यहाँको स्वास्थ्य विभागले जनाएको छ।
महाराष्ट्रपछि नयाँ दिल्लीमा ६६, पुणेमा र ४४ संक्रमित भेटिएका छन्। मुम्बई अस्पतालका १० सदस्यमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ। यसपछि भारतभरी ३५ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन्।
बुधबारसम्मको तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या ११ हजार ९०६ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। मृत्यु हुनेको संख्या ४०५ पुगेको छ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर हालसम्म यस रोगको संक्रमणबाट ३७७ जनाको मृत्यु भएको छ ।
यहाँका १ हजार ३०६ जना उपचारपछि घर फर्किएका छन्। तमिलनाडु, राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढलगायतका राज्यहरुमा कोरोनाका संक्रमित भेटिएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम