‘आरडीटी’ले कोरोना पोजेटिभ देखायो, ‘पीसीआर’ले नेगेटिभ!
हेल्थ टिभी अनलाइन\गोरखा : र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा संक्रमण नभएको पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो।
आरुघाट गाउँपालिकाभित्र मंगबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका युवकको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका कोभिड–१९ का फोकलपर्सन नारायण अर्यालले जानकारी दिए। गत फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।
गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायत देशबाट आएकाको र्यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ। चैत १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम