महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई सेनिटाइजर हस्तान्तरण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: औषधि उत्पादकहरुले महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंंलाई सेनिटाइजर उपलब्ध गराएका छन्।
बुधबार नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल, उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लब अधिकारीद्वारा महानगरीय ट्राफिक प्रमुख भिम ढकाललाई सेनिटाइजर हस्तान्तरण गरिएको हो ।
ट्राफिक प्रहरी कार्यालय काठमाडौंं अन्तर्गत कार्यरत १५ सय जना कर्मचारीहरुलाइ पुग्ने गरि सेनिटाइजर हस्तान्तरण गरिएको हो।
महामारीका बेला बाहिर सुरक्षामा खटिएका सम्पुर्ण सुरक्षाकर्मीलाई कोरोनाबाट बच्न सेनिटाइजरको आवश्यकता महशुस गरी उनीहरुका लागि भनेर सेनिटाइजर हस्तान्तरण गरिएको संघका महासचिव विप्लव अधिकारीले बताए ।
उक्त सेनिटाइजर एमडीएच फर्मासिटिकल्स, सिटिएल फर्मासिसिटकल्स र रोडोडेन्ड्रन फर्माले सहयोग गरेका हुन्। सरकारले बजारमा सेनिटाइजरको अभाव भएसँगै नेपाली औषधि उत्पादकलाई स्यानिटाइजर बनाउन अनुमति दिएको छ । त्यसयता झण्डै २० वटा नेपाली औषधि उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित