सनसिटी अपार्टमेन्टमा परीक्षण गरिएका २९८ जनामै कोरोना देखिएन: स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९८ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्। उनले मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एउटै परिवारका दुई जनामा कोरोना देखिएपछि आज अपार्टमेन्टका अन्य मानिसहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट मार्फत कोरोना परीक्षण गरिएको तर सबैको रिपोर्ट नेगेटिभ आएको बताए ।
आज बिहानैदेखि अपार्टमेन्टमा र्यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो । उनीहरुको अब १४ दिनपछि पुन परीक्षण गर्ने मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम