लकडाउनका बेला समस्यामा परेका मिर्गौला बिरामीलाई मारवाडी सेवा समितिको नि:शुल्क भोजन
हेल्थ टिभी अनलाइन \काठमाडौं: लकडाउनका कारण खानाको समस्यामा परेका बिरामीका लागि मारवाडी सेवा समितिले खानाको व्यवस्था गरेको छ ।
बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलाइसिस गराइरहेका बिरामी, बिरामीका कुरुवा एवं केन्द्रका कर्मचारीका लागि मारवाडी समितिले खानाको व्यवस्था गरेको हो । समितले वैशाख १ गतेदेखि दैनिक बिहान बेलुकाको खाना एवं दिउँसो खाजा समेत दिंदै आएको छ ।
नियमित डायलाइसिसमा आउने बिरामीलाई लकडाउनका कारण खाना खान समस्या भएको देखेपछि आफूहरुले निशुल्क खाना ख्वाउन थालेको बताउँछन् समितिका पदाधिकारी शशिकुमार अग्रवाल । ‘बाहिर कतै क्यान्टिन, पसल खुलेका छैनन् त्यसैले उहाँहरुका लागि हामीले खानाको व्यवस्था गरेका हौं।’

केन्द्रमा विगत ५ वर्षदेखि डायलाइसिस गराउँदै आएकी मुगुकी जानुदेवी बुढा केन्द्रमै खाना खाजा पाएर मख्ख छिन्। उनले भनिन्, ‘सबै बन्द छ कोठामा सबै सामान सकिएको बेला यहीं खाना पाएकी छु जसले खुवाएको भए पनि उहाँहरुलाई धन्यवाद दिन्छु ।’
केन्द्रका कार्यकारी निर्देशक डा ऋषि कुमार काफ्लेले यस्तो विषम परिस्थितिमा यहाँ कार्यरत कर्मचारी तथा उपचारमा आउने बिरामीलाई निशुल्क भोजनको व्यवस्था गरेर समितिले उदाहरणीय काम गरेको बताए ।
हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा ९ सय जनाले निशुल्क डायलाइसिस सेवा लिइरहेको छन् भने केन्द्रमा करिव २५० जना कर्मचारी छन् ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम