देशभर १३ हजार जनामा कोरोना भाइरस परीक्षण, १६ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा अहिलेसम्म १३ हजार जनामा कोरोना भाइरस परीक्षण गरिएको छ।
नियमित पत्रकार सम्मेलनका क्रममा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म १२ हजार ९०६ जनाको परीक्षण गरिएको जानकारी दिए।
परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र संक्रमण देखिएको छ। अहिले पीसीआरबाट देशभरिमा ११ वटा ठाउँमा र ५६ जिल्लामा आरडीटीमाध्यमबाट परीक्षण भइरहेको छ। पीसीआरबाट छ हजार २९९ जना र आरडीटीबाट छ हजार ६०६ जनाको परीक्षण गरिएको छ ।
आजै मात्र पीसीआरबाट ५८४ र आरडीटीबाट एक हजार ३१६ जनाको परीक्षण गरिएको छ।
प्रवक्ता डा. देवकोटाले धेरैभन्दा धेरै मानिसको परीक्षण गर्नका लाागि आरडीटी प्रयोग गरिएको बताए। अहिलेसम्म आइसोलेसनमा ९९ रहेका छन्। तीमध्ये १२ जना काठमाडौँ र ८७ जना उपत्यका बाहिर छन्। मोबाइल एपमा स्वपरीक्षण गरिएकामध्ये आज नौ जना ‘रेड जोन’मा रहेका छन्। अहिलेसम्म २२८ जना ‘रेड जोन’मा रहेका छन्।
यसैगरी प्रवक्ता डा. देवकोटाले सोमबार कैलाली र रौतहटमा देखिएका कोभिड १९ संक्रमितका आफन्त, नातेदार र नजिकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले पीसीआरको दायरामा ल्याउन नसिकने व्यक्तिमा आरडीटी गरिएको जानकारी दिइन्। उनले पीसीआरभन्दा आरडीटीबाट नमुना परीक्षण गर्न सजिलो भएकाले यो विधि नेपाललगायत विश्वका धेरै देशले प्रयोग गरिएको दाबी गरिन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम