Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा

क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा

 हेल्थ टिभी अनलाइन\चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ। अस्पतालमा कोरोनाको संक्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउने भएपछि रोगको जोखिम उच्च भएको हो।

अस्पतालका कार्यकारी दिर्नेशक डा‍. विजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक एक सय हाराहारी बिरामी आउने गरेको बताए। अस्पतालमा अत्यावश्यक सेवा मात्र उपलव्ध गराइएको छ। अन्य समयमा यो संख्या दैनिक ६०० भन्दा बढी हुन्छ। आचार्यका अनुसार यसरी आएका बिरामीमध्ये ९५ प्रतिशत चितवन बाहिरका छन्।

लकडाउनपछि भारतबाट बिरामी नआए पनि सीमा क्षेत्रका बिरामीको संख्या धेरै भएको अस्पतालले जनाएको छ। अत्यावश्यक रेडियोथेरापी, केमोथेरापी र शल्यक्रिया भइरहेको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार