डडेल्धुरामा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : कोरोना भाइरस परीक्षणका लागि डडेल्धुराका १९९ जनाको नमुना संकलन गरिएकोमा ९७ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट ९७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। अन्य १०२ जनाको रिपोर्ट आउन बाँकी छ। यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको गत चैत २७ गते ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो। सोही दिन नमुना काठमाडौं पठाइएको थियो। डडेल्धुराका तीन स्थानबाट ‘थ्रोट स्वाब’ संकलन गरिरहेको थियो।
डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर मावि सादनीबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन गरिएको थियो।डडेल्धुरा बहुमुखी क्याम्पसमा ८१ जना, त्रिवेणी बहुमुखी क्याम्पस र शिवशंकर माविमा ११८ जना गरी एक सय ९९ जनाको ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको थियो।
जसमा ९७ जनामा कोरोना भाइरस परीक्षण रिपोर्ट ‘नेगेटिभ’आएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।भट्टका अनुसार जिल्लाको भित्री मधेसमा रहेका आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको रिपोर्ट नेगेटिभ आएको हो।
भित्रीमधेसबाट ११८ जनाको स्वाब संकलन गरिएको थियो। जसमा ९७ जनाको रिपोर्ट आएको छ भने भित्रीमधेसकै अझैं २१ जनाको आउन बाँकी छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित