लकडाउन वैशाख १५ सम्म लम्ब्याउने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले हाल जारी रहेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
यसअघि सरकारले चैत ११ देखि समय थप्दै तीन साताका लकडाउन गरेको थियो । वैशाख ३ अर्थात भोलि लकडाउनको समय सकिनुअघि आजै सरकारले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
हालसम्म नेपालमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये एक जना भने उपचारपछि निको भएर घर गइसकेका छन् भने १५ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम