पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि, एक जनाको रिपोर्ट आउन बाँकी
हेल्थ टिभी अनलाइन \काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको हो । बुहारीमा भने पहिलो परीक्षणमा कोरोना नदेखिएको जनाइएको छ ।
गत चैत ५ गते बेलायतमा आएका एकै परिवारका तीन जनामा सोमबार र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। त्यसलगत्तै उनीहरुलाई पाटन अस्पताल भर्ना गरेर पीसीआर प्रविधिबाट नमुना परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित