Health TV Online
Health TV Online
Health TV Online

चेतनाकाे कमीका कारण भएन ‘ब्रेन डेथ’ भएकाकाे अंगदान

चेतनाकाे कमीका कारण भएन ‘ब्रेन डेथ’ भएकाकाे अंगदान

काठमाडौं : सरोकारवालाहरूले ‘ब्रेन डेथ’ अर्थात् मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणबारे जनचेतना बढाउन जरुरी रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित मस्तिष्काघातपश्चात् अंगदान र प्रत्यारोपणबारे अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन।

मानव अंग प्रत्यारापणका केन्द्रका निर्देशक एवं प्रत्यारोपणविज्ञ डा.पुकार श्रेष्ठले नेपालमा ब्रेन डेथ भइसकेपछि व्यक्तिको अंग झिकेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने कानुन भए पनि जनचेतनाको कमीका कारण अंगदान वृृद्धि हुन नसकेको बताए।

मरेपछि खेर जाने शरीरबाट आठ वटा अंग निकालेर अंगको आवश्यक परेका बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ’, श्रेष्ठले भने, ‘तर हामीले अझै बिरामी र सर्वसाधारणलाई यो महादान हो भन्ने कुरा बुझाउन सकनौँ।  कानुन आएको दुई वर्षमा जम्मा एक ‘ब्रेन डेथ’ भएका व्यक्तिको मिर्गौला झिकेर दुई बिरामीलाई प्रत्यारोपण गरिएको उनले बताए।

कार्यक्रममा सहभागी वरिष्ठ न्यूरो सर्जन डा.बसन्त पन्तले कुनै पनि व्यक्ति आफैँ ‘मेरो खेर जाने अंग दान गर्छु’ भन्ने मानसिकतामा नपुगेसम्म कानुन प्रभावकारी भएको मान्न नसकिने तर्क गरे। धर्म, संस्कृति र सामाजिक कारणले पनि मानिस मरेपछि शरीरको अंग निकाल्न हिच्किचाउने गरेकाले मृत शरीरका काम लाग्ने अंगहरू यत्तिकै खेर गइरहेको सहभागीहरूको भनाइ छ।

‘त्यसैले यसका लागि सरकारले जनचेतनामूलक कार्यक्रम अघि सार्नुपर्छ’, श्रेष्ठले थपे, ‘समाज परिवर्तनका लागि धर्मगुरुहरुलाई अंगदानबारे सचेत गराए उनीहरूमार्फत समाज परिवर्तन गर्न सजिलो हुन्छ।’

कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ब्रेन डेथ भइसकेपछि खेर जाने अंगलाई दान गर्ने काममा सबै लाग्नुपर्ने बताए। यसो गर्दा मानव अंग तस्करी रोक्न सजिलो हुने पनि उनको भनाइ छ। ‘मरेपछि अर्को जन्म हुने कुरामा विश्वास गर्ने होइन’, उनले भने, ‘ अाफू बितेर गए पनि आफ्नो कारणले आठ जना मानिस बाँच्छ भन्ने सोच्नुपर्छ।’ यसबारे सन्देश फैलाउन सञ्चारमाध्यमका भूमिका महत्त्वपूर्ण हुने उनले जिकिर गरे।

विकसित मुलुकमा ८० प्रतिशत प्रत्यारेपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने तथ्यांक छ। तर हाम्रो देशमा धेरै दुर्घटना हुने र ब्रेन डेथ हुने भए पनि भने यसको सही ढंगबाट प्रयोग हुन सकिरहेको छैन। सबै ब्रेन डेथ भएकाको खेर जाने अंग निकालेर प्रत्यारोपण गर्न सकिए धेरै बिरामीले अंग नपाएर ज्यान गुमाउनपर्ने अवस्था नआउने कार्यक्रममा सहभागीहरूले बताए।

सरकारले  मस्तिष्क मृत्यु भएकाको अंग झिक्ने र प्रत्यारोपण गर्ने मानवअंग प्रत्यारोपण नियमावी २०७३ जारी गरी यसको प्रत्यारोपणको बाटो सहज बनाएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा