कोरोना सतर्कता : भारतले थप तीन साता लकडाउन गर्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले लकडाउनको समय पुन तीन साताका लागि लम्ब्याएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीलाई सम्बोधन गर्दै तीन साताका लागि मे ३ तारिखसम्म लकडाउनको समय थपेको बताए। उनले कोरोनासँग लड्न लकडाउन नै उपयुक्त उपाय भएकाले यो समय लम्ब्याएको जानकारी दिए ।
यसअघि भारत सरकारले तीन साताका लागि लकडाउन घोषणा गरेको थियो । भोलि सो समय सकिने भएकाले आजै उनले सम्बोधन गर्दै लकडाउनको समय थप गरेको जानकारी दिएका हुन्।
भारतमा हालसम्म १० हजार बढी कोरोना संक्रमित भइसकेका छन् भने ३३९ जनाको ज्यान गइसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम