भारतमा कोरोना : संक्रमितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु
भारतमा २४ घण्टायता ७९८ जना नयाँ संक्रमित थपिएक छन्। सोमबार बिहानसम्म नौ हजार १५२ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घण्टा यता ३५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०८ पुगेको छ।
भारतमा देखिएका संक्रमितमध्ये ८५७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ आठ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।
भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन्। यो राज्यमा मात्र संक्रमितको संख्या एकहजार ९८५ जना पुगेको छ।
महाराष्ट्रमा मात्र १४९ जनाको ज्यान गएको बताइएको छ। यहाँका २१७ जना उपचारपछि घर फर्किएका छन्। महाराष्ट्रपछि सबैभन्दा बढी बिरामी संक्रमित नयाँ दिल्लीमा छन्। नयाँ दिल्लीमा मात्र यसका एक हजार १५४ जना संक्रमित छन्।
त्यसैगरी तमिलनाडु राज्यमा छन्। तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या सोमबार बिहानसम्म एक हजार ७५ जना पुगेको छ। राजस्थान, मध्यप्रदेश, तेलंगना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमित भेटिएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित