‘र्यापिड टेष्ट’का क्रममा पेप्सीकोलाका तीनजनालाई देखियो कोरोना संक्रमण, पाटन अस्पतालमा थप परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारमा तीन जनाको ‘र्यापिड टेष्ट’मा पोजेटिभ आएको छ। कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पताल भर्ना गरिएको छ।
कागेश्वरी मनहरा नगरपालिका ९ मा पर्ने अपार्टमेन्टको ए बिल्डिङको १५औँ तल्लामा बस्ने एक परिवारको तीन जनालाई प्रारम्भिक परीक्षणका क्रममा संक्रमण देखिएको हो। अपार्टमेन्टका व्यक्तिहरूमा परीक्षण गर्दा पोजेटिभ देखिएको नगरप्रमुख कृष्णहरि थापाले बताए।
उनीहरू गत चैत ५ गते बेलायतबाट आएको बताइएको छ। उनीहरूमा सामान्य लक्षणसमेत नदेखिएको थापाले जानकारी दिए।
उनीहरूमा संक्रमण देखिएपछि सो अपार्टमेन्ट लक गरिएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम