कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको ६ ‘टी’ को फर्मुला
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले ६ टीको फर्मुला बनाई रणनिती बनाएर अघि बढेको बताएका छन्।
सोमबार नयाँ वर्षको शुभकामना दिंदै स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण रोकथामका लागि आफूहरुले ६ वटा टीको फर्मुला बनाएर अघि बढेको बताएका हुन्। उनले ती ६ टी यसप्रकार रहेको बताएका छन् ।
१ .ट्राभल रेस्ट्रिक्सन
२. टेस्टिङ
३ .ट्रेसिङ
४ .ट्रयाकिङ
५. ट्रिटमेन्ट
६ .टुगेदर
पहिलो टी अर्थात ट्राभल रेस्ट्रिक्सन , ढकालले कोरोना संक्रमण रोक्ने एउटा उपाय स्वरुप नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय ट्राभल रेस्ट्रिक्सन गरेको जनाए । यसैगरी अर्को टी अर्थात टेस्टिङ वा परीक्षण, सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै सबै प्रदेशबाट परीक्षण शुरु गरेको जानकारी दिए ।
अर्को महत्वपूर्ण गर्नुपर्ने ट्रेसिङ पनि गरिरहेको उनले जानकारी दिए । संक्रमितसँग सम्पर्कमा आउनेको खोजी गरी परीक्षणमा ल्याउने काम गरिरहेको उनको भनाई थियो । अर्को टी हो ट्रयाकिङ अर्थात संक्रिमतको बारेमा सम्पूर्ण जानकारी राख्नु । ताकी उनीहरुबाट संक्रमण अरुलाई सर्न नपाओस।
उनले अर्को टी ट्रिटमेन्ट बताएका छन्। अर्थात उपचार ,कोरोना संक्रमणपछि सम्पूर्ण खर्च सरकारले गर्दै आएको भन्दै उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने पनि मन्त्री ढकालले प्रतिवद्धता व्यक्त गरे ।
अन्तिममा टुगेदर अर्थात सबै मिलेर कोरोनासँग लड्न सकिन्छ भन्ने हो । उनले सबै मन्त्रालय एवं सिंगो देश नै कोरोना विरुद्ध लागेको बताए । उनले यसरी ६ टीको फर्मुला बनाएको जिकीर गरे ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम