नेपालमा थप एकजनामा कोरोना पोजेटिभ, कैलालीकी एक महिलामा देखियो संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्की चुहा नगरपालिका वडा नं १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी महिलामा कोरोना पोजेटिभ देखिएको हो। टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । वीरगन्जमा व्यापार गर्दै आएकी उनी चैत ९ गते लम्की आएकी थिइन्। ५१ जना रहेको क्वारेन्टाइनबाट ४४ जनाको स्वाब नमुना संकलन गरिएको थियो। उनलाई सेती प्रादेशिक अस्पतालमा लाने तयारी गरिएको बताइएको छ ।
योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम