Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा ७९५ को परीक्षण, तीन जनामा संक्रमण

२४ घण्टामा ७९५ को परीक्षण, तीन जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा हालसम्म पीसीआर प्रविधिबाट ५ हजार १ सय ८४ जनाको कोरोना नमुना परीक्षण गरिएको छ । यसैगरी र्यापिड डाइग्नोष्टिक किट मार्फत ३ हजार ३ सय २१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

२४ घण्टामा ७ सय ९५ जनाको परीक्षण भएको र ती मध्ये ३ जनामा संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए । आज कोरोना संक्रमण पुष्टि भएकाहरु भारतीय हुन्। ३७, ४४ र ५५ वर्षका पुरुषमा कोरोना पोजटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना पुष्टि भएकाको संख्या १२ पुगेको छ ।

पर्साको बिरगंज महानगरपालिका छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जनामा कोरोना देखिएको हो । उनीहरुलाई नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

आजसम्म क्वारेन्टाइनमा रहेकाको संख्या ७ हजार ९ सय ९३ छ । यसैगरी विभिन्न अस्पतालमा आइसोलेसनमा रहेकाहरुको संख्या ८५ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार