Health TV Online
Health TV Online
Health TV Online

भारतको मुम्बईमा तीन जना पत्रकारलाई कोरोना संक्रमण

भारतको मुम्बईमा तीन जना पत्रकारलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  भारतको मुम्बईस्थित एक सञ्चारगृहका तीन जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

संक्रमितमध्ये एकजनामा स्पष्ट कोरोनाको लक्षणहरु ज्वरो आउने,खोकी लाग्ने भएपछि शुक्रबार परीक्षण गरिएको हो।  फिल्डमा खटिएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । त्यसलगत्तै उनीसँगै एउटै कार्यकक्षमा कार्यरत अन्य दुई जनामा समेत परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ ।

तीनै जना संक्रमितलाई हाल मुम्बईको पवेईस्थित म्युनिसिपल कपासिटी बिल्डिङ एष्ड रिसर्च सेन्टरमा आइसोलेसनमा राखिएको छ।  तीन जनामा संक्रमण देखिएपछि सो सञ्चारगृहमा कार्यरत थप ३७ जनालाई परीक्ष्ण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । यद्यपी हाल उनीहरु सबैलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको सहायक कमिस्नर विनायक विस्पुतले जनाएका छन्।

क्वारेन्टाइनको व्यवस्था सञ्चारगृहले नै एक होटलमा मिलाएको छ ।

स्रोत:  मुम्बई मिरर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार