अमेरिकामा एकै दिनमा दुई हजार १०८ जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको छ।
एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको जोन हकिन्स विश्वविद्यालयले जनाएको हो।
अमेरिकामा कोभिड–१९ को संक्र्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या इटलीको नजिक पुगेको छ।
इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ। स्पेनमा १६ हजार ३५३ जनाको ज्यान गएको छ। यसैगरी फ्रान्समा १३ हजार १९७, बेलायतमा आठ हजार ९५८, इरानमा चार हजार २३२ र बेल्जियममा तीन हजार ३४६ जनाको मृत्यु भएको जनाइएको छ। चीनमा तीन हजार ३३९, जर्मनीमा दुई हजार ७३६ र नेदरल्याण्डमा दुई हजार ५११ जनाको मृत्यु भएको राससको समाचारमा उल्लेख छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम