Health TV Online
Health TV Online
Health TV Online

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : कोरोनाविरुद्धको काम प्रभावकारी बनाउनुस्

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : कोरोनाविरुद्धको काम प्रभावकारी बनाउनुस्

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण र रोकथामका काम प्रभावकारी बनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन्।

शनिवार सिंहदरबारको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत सातै मुख्यमन्त्रीसँग स्थानीय तह र प्रदेशमा भइरहेका कामको जानकारी लिएका हुन्। यस क्रममा मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा भएका प्रयासबारे जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीले अहिले भइराखेका प्रयास समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ, लकडाउनको निरन्तरता र संक्रमणको खतरामा लापरबाही नगर्न मुख्यमन्त्रीहरूलाई  आग्रह गरे। नागरिकमा मनोवैज्ञानिक त्रास हुन नदिन ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने उनले बताए।

भिडियो कन्फरेन्समा सबै प्रदेशका मुख्यमन्त्रीले अत्यावश्यक पूर्वाधार बढाउन केन्द्र सरकारले ध्यान दिनुपर्ने धारणा राखे। यस्तै छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढिरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार