Health TV Online
Health TV Online
Health TV Online

हालसम्म ४ हजार ४ सय २६ जनाको परीक्षण, नयाँ संक्रमित थपिएका छैनन्

हालसम्म ४ हजार ४ सय २६ जनाको परीक्षण, नयाँ संक्रमित थपिएका छैनन्

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोनाको आशंकामा दैनिक ७ सय बढी परीक्षण गर्दा पनि नयाँ संक्रमित देखिएका छैनन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।

उनले सरकारले कोरोना परीक्षणको दायरा सातै प्रदेशमा पुर्याएको र दैनिक रुपमा ७ सय बढी कोरोनाको नमुना परीक्षण गर्दा समेत हालसम्म नयाँ संक्रमित फेला नपरेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा रहेका धेरैको १४ दिनको बसाई समेत पूरा भइसकेको छ तर उहाँहरु कसैमा पनि अहिलेसम्मको रिपोर्टमा कोरोना देखिएको छैन्। यो हामी सबैका लागि खुशीको कुरा हो ।’ उनले कोरोना रोकथाम र नियन्त्रणको निर्विकल्प उपाय भनेकै लकडाउन भएकाले अझै केही समय धैर्य गरेर घरभित्रै बसिदिन आग्रह गरे ।

शनिबार बिहानसम्म देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८२ जना उपचारमा रहेको पनि उनले जानकारी दिए । यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या आज ८ हजार ८२ छ । यो संख्या पनि घट्दो छ । २४ घण्टामा ८ सय ९७ जनाको नमुना परीक्ष ण गरिएको थियो । सबैजनाको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए ।  उनले अझै केही दिनसम्म नयाँ संक्रमित नदेखिए फरक रणनिती बनाएर अघि बढ्ने समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार