Health TV Online
Health TV Online
Health TV Online

वागमती प्रदेशका १३ जिल्लामा पाँच हजार किट

वागमती प्रदेशका १३ जिल्लामा पाँच हजार किट

हेल्थ टिभी अनलाइन\हेटौँडा : संघीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार किट सामग्री हेटौँडामा आइपुगेको छ।

वागमती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद बिरामीको रोग पहिचान गर्ने ल्याबको किट सामग्री शुक्रवार प्रदेशको १३ जिल्लामा क्रमशः वितरण गर्न कर्मचारीको तीन टोली खटाइसकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाले जनाएको छ ।

अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका बिरामीको अनुपातलाई मध्यनजर गर्दै न्यूनतम २०० देखि ७०० सयसम्म किट वितरण गर्ने लक्ष्यसाथ प्याकिङ गरिएको छ। ती प्याकिङ वितरण भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर वसन्त अधिकारीले बताए। उनले केही किट सामग्री कार्यालयमा राखिएको, आइसोलेसन र क्वारेन्टाइनमा राखिएका विरामीको अनुपात बढ्दै गए किट सामग्री तुरुन्तै उपलब्ध गराउने पनि जानकरी दिए।

बिरामीलाई चिकित्सकको निगरामीमा राखिने र थप संक्रमित बिरामीको पहिचान भएमा आइसोलेसन र क्वारेन्टाइन कक्षको संख्या बढाउने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले जानकारी दिए।

उहाँका अनुसार प्रदेशका सबै अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति र स्वास्थ्यकर्मी उपलब्ध गराउन वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिले संघीय सरकारसंग गराउन माग गर्ने निर्णय भएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार