‘चिकित्सक र स्वास्थ्यकर्मीको तलब काटिएको छैन’
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब अहिलेसम्म कट्टी नगरेको बताएको छ ।
नियमित पत्रकार सम्मेलनमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरेको बताए। उनले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे।
यही चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीको तीनदेखि सात दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राख्ने निर्णय गरेको थियो।
संकटका वेला उपचार तथा सुरक्षार्थ खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मीको तलब काट्न नहुने आवाज उठेका वेला स्वास्थ्य मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो।
सरकारले स्वेच्छिक रूपमा आबद्ध हुन पनि सेवाबाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम