वीर अस्पतालमा पनि आजबाट कोरोना परीक्षण शुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं: देशकै जेठो वीर अस्पतालमा पनि आजबाट कोरोना नमुना परीक्षण शुरु भएको छ। वीर अस्पतालमा यो सेवा शुरु भएसँगै दैनिक दुई सिफ्टमा गरी ६० जनासम्मको नमुना परीक्षण गर्न सकिने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले जानकारी दिए । उनले भने,’अस्पतालले आज ४ जनाको नमुना परीक्षण गरेर सेवा शुरु गरेको छ । अब दैनिक रुपमा नमुना परीक्षण गर्छौ।’
अस्पतालकी मेडिकल जेनेटिक्स युनिट प्रमुख डा निलम ठाकुर र कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट तथा कोभिड १९ परीक्षण संयोजक विष्णुप्रसाद उपाध्यायको नेतृत्वमा वीरमा यो सेवा शुरु भएको हो । यसेगरी यो टिममा माइक्रोबायोलोजिष्ट डा सिर्जना पाण्डे, मोलिक्युलर टेक्नोलोजिष्ट निर्मल आचार्य ,मोलिक्युलर टेक्नोलोजिष्ट सबिना श्रेष्ठ र अफिस असिस्टेन्ट राजन आचार्य रहेका छन्।

वीरमा पहिलेदेखि नै जेनेटिक ल्याब थियो । त्यही ल्याबमा अहिले रियल टाइम पीसीआर प्रविधिबाट कोरोना भाइरसको नमुना परीक्षण गर्न लागिएको डा निलम ठाकुरले बताइन्।
वीरमा यो सेवा शुरु भएसँगै १२ स्थानबाट कोरोनाको नमुना परीक्षण हुनेछ । सरकारले नमुना परीक्षणको दायरा फरािकले बनाउँदै गएको छ । बुटवल, पोखरा र नेपालगंजमा पनि ठुलो पीसीआर मेशिन जडान गरेर नमुना परीक्षण गर्ने प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम