मन्त्री मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोभिड–१९ को परीक्षण एवं उपचारमा अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ।
संघले आज ती सामग्री खानेपानीमन्त्री बिना मगरलाई हस्तान्तरण गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणको समन्वय गर्न सरकारले सो प्रदेशका लागि खानेपानी मन्त्री मगरलाई जिम्मा दिएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको २०० थान पीपीई लगायतका सामाग्री खानेपानी मन्त्री मगरलाई आज हस्तान्तरण गरेका हुन्।
कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि प्राप्त भएको व्यक्तिगत सुरक्षा सामग्रीलगायत अन्य सामान मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछिन्। ती स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री मगरले संस्थालाई धन्यवाद दिँदै विपद्को समयमा आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिन्।
उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बल पुग्ने विश्वास व्यक्त गरिन्। संघले सहयोग गरेको सामग्रीमा पीपीई सेट पञ्जा, एप्रोन, मास्क, चस्मा, टोपी र स्यानिटाइजरलगायत छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित