पाकिस्तानमा संक्रमितको संख्या चार हजार नाघ्यो, ६४ को मृत्यु
पाकिस्तानमा कोरोना भाइरस संक्रमित हुनेको संख्या चार हजारभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म संक्रमितेको संख्या चार हजार ३३२ पुगेको हो।
संक्रमितमध्ये सबैभन्दा धेरै पञ्जाब प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना संक्रमित भएको तथ्यांक राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ। दोस्रो धेरै संक्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना संक्रमित भएका छन् भने तेस्रो धेरै संक्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना छन्।
त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ। योसहित कुल मृतकको संख्या ६४ पुगेको छ।
गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। नेपाल–भारत मानव विकास एवं मैत्री संघले कोभिड–१९ को परीक्षण एवं उपचारमा अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य मेडिकल सामग्री सहयोग गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम