Health TV Online
Health TV Online
Health TV Online

कोरोना आशंकामा कैलाली र कञ्चनपुरबाट संकलन गरिएका ६६ वटा नमुना परीक्षण नेगेटिभ

कोरोना आशंकामा कैलाली र कञ्चनपुरबाट संकलन गरिएका ६६ वटा नमुना परीक्षण नेगेटिभ

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना आशंकामा कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। धनगढीमा विदेशबाट आएका व्यक्तिबाट स्थानीयमा संक्रमण देखिएपछि सरकारले संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ ।

उनीहरु मध्ये ६६ जनाको आज रिपोर्ट आएको र सबैको रिपोर्ट नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनले भने, ‘टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६६ वटा नमुनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आयो यो खुशीको कुरा हो ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार