कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ८८ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी संक्रमित हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ । योसँगै तीन लाख २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
पहिलोपटक चीनबाट फैलिएको भए पनि कोरोना संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख २७ हजार नाघेको बताइएको छ । युरोपको अवस्था पनि भयावह छ । इटलीमा १७ हजार ६ सय, स्पेनमा १४ हजार ८ सय र फ्रान्समा १० हजार आठ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।
यसैगरी बेलायतमा हालसम्म ७ हजार १ सय, जर्मनीमा २ हजार १ सय, नेदरल्याण्डमा दुई हजार २ सय र बेल्जियममा दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट करिव ४ को मृत्यु भएको बताइएको छ ।
भारतमा संक्रमितको संख्या ५ हजार ९ सय नाघेको छ भने एक सय १४९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण विकसित देशलाई बढी प्रभाव पारेको देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु कसैको पनि भएको छैन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने