Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकाल र प्रदेश समन्वयकर्ता मन्त्रीबीच छलफल

स्वास्थ्यमन्त्री ढकाल र प्रदेश समन्वयकर्ता मन्त्रीबीच छलफल

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका विभिन्न संघीय मन्त्रीले छलफल गरेका छन्।

प्रदेश १ सरकारसँगको समन्वयकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ र गण्डकी प्रदेशको सरकारसँगको समन्वयकर्ता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्री ढकालसँग छलफल गरेका हुन्। यस्तै सुदूरपश्चिम प्रदेश सरकारसँको समन्वयकर्ता खानेपानी तथा सरसफाइ मन्त्री विना मगर पनि सहभागी थिइन्।

यस क्रममा मन्त्री ढकालले जिल्लास्तरबाट माग बढेसँगै सरकारले नमुना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने तयारी गरेको बताए।

मन्त्रिपरिषद्को बैठकबाट समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामग्री र अन्य तयारीको बारेमा प्रश्न राखेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार