सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी
हेल्थ टिभी अनलाइन\अत्तरिया : सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच शय्याको सघन उपचार कक्ष सेवा थप्ने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि उपलब्ध गराएको बजेटले दुई भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्षका उपकरण खरिद गरिएको हो।
संक्रमण फैलिएको अवस्थामा कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि पूर्वतयारीस्वरूप भेन्टिलेटर र सघन उपचार कक्ष दुई\तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए।
अस्पतालमा अहिले एक भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष सेवा सञ्चालनमा छ। सुदूरपश्चिममा सरकारी र निजी अस्पताल गरी २५ शय्या सघन उपचार कक्ष र १० भेन्टिलेटर रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत भूषण मिश्रले जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम