Health TV Online
Health TV Online
Health TV Online

चौधरी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई दियो पीसीआर

चौधरी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई दियो पीसीआर

हेल्थ टिभी अनलाइन\काठमाडौं : चौधरी फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना परीक्षणमा उपयोग हुने एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ ।

फाउण्डेसनका महाप्रबन्धक मधूसुदन पौडेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनकै कार्यकक्षमा सामग्री हस्तान्तरण गरे।

मन्त्री ढकालले विषम परिस्थितिमा सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिँदै यसले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए।

फाउण्डेसनका महाप्रबन्धक पौडेलले सामाजिक हितका निम्ति सरकारसँग मिलेर काम गर्न तयार रहेको प्रतिक्रिया दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार