लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त
हेल्थ टिभी अनलाइन\बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालले विनाजानकारी अनुपस्थित भएको भन्दै पाँच चिकित्सकलाई बर्खास्त गरेको छ।
अस्पतालका विभिन्न विशेषज्ञका रूपमा करिब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करिब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट हटाएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।
कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा. खनालले बताए। रेडियोलोजी विभागका डा. वरदान वली र डा ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्कीलाई हटाइएको हो।
उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए। हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन्। ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनुपर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन’, उनले भने।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका वेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारवाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै अस्पतालबाट कारवाही गरेको बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम