कोरोना आशंकामा हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण, १ सय ३४ जना आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना आशंकामा हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।
डा देवकोटाले २४ घण्टामा कुनै पनि संक्रमण फेला नपरेको पनि जानकारी गराए । उनले आजै टेकुस्थित प्रयोगशालामा मात्र १ सय ८० जनाको नमुना परीक्षण भइरहेको र साँझ वा भोलिसम्म रिपोर्ट आउने जानकारी दिए ।
उनले सरकारले कोरोना भाइरसको नमुना परीक्षण फराकिलो बनाउँदै सबै प्रदेशमा पुर्याएको जानकारी दिए । नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये पहिलो संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। आठ जना भने आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित