Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमितका लागि दुई हजार एम्बुलेन्स

कोरोना भाइरस संक्रमितका लागि दुई हजार एम्बुलेन्स

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

कोभिड–१९ को संक्रमण, रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो संख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण गर्ने सन्दर्भमा बढी प्रभावको श‌ंका गरिएको कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा शङ्कास्पद व्यक्तिको द्रुतगतिमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ। समितिले अन्य रोगको संक्रमण रहेको डोटी, अछाम र जुम्लामा स्वास्थ्य उपचारसम्बन्धी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार