कैलाली र कञ्चनपुरमा ‘र्यापिड डायग्नोस्टिक टेष्ट’ र ‘पीसीआर’ दुबै प्रविधिबाट परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कैलाली र कञ्चनपुरमा र्यापिड डायग्नोस्टिक टेष्ट र पीसीआर (स्वाबमार्फत गरिने) दुबै विधिमार्फत नमुना परीक्षण गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।
कैलाली र कञ्चनपुरमा हजारौंको संख्यामा भारतबाट मानिसहरु आएका कारण कोरोनाको उच्च जोखिम रहेको छ । कैलालीमा कोरोनाको लोकल ट्रान्समिसन भएपछि सरकारले थप सतकर्ता अपनाउँदै यो प्रक्रिया अपनाएको उनको भनाई छ । डा देवकोटाले दुबै विधिमार्फत परीक्षण गरेर हेरिने जनाए ।
उनले आज कैलालीबाट कोरोनाको आशंकामा १८ जना र कञ्चनपुरबाट २१ जनाको नमुना संकलन भएको पनि जानकारी दिए । उनका अनुसार हालसम्म आइसोलेसनमा जम्मा १ सय जना रहेका छन्। १६ जना उपत्यकामा र ८४ जना प्रदेशका विभिन्न अस्पतालमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित