Health TV Online
Health TV Online
Health TV Online

नर्भिकले सरकारलाई दियो ६० लाखको स्वास्थ्य सामग्री

नर्भिकले सरकारलाई दियो ६० लाखको स्वास्थ्य सामग्री

हेल्थ टिभी अनलाइन\काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाइँमा सरकारको मनोबल उच्च बनाएको बताएका छन्।

सोमवार नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमणविरुद्धको लडाइँमा सबै मिलेर सफलता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्राप्त सामग्री अभाव भएका ठाउँमा उपलब्ध गराउने उनले बताए।

फाउण्डेसनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेसनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

अस्पतालले चैत मसान्तसम्म सबै बिरामीलाई उपचारमा २० प्रतिशत छुट दिने पनि बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार