कोरोना उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी सरह सुविधा
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना उपचारमा खटिने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारी चिकित्सक सरहकै सेवा सुविधा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी अस्पतालमा कार्यरत चिकित्सक सरकारी अस्पतालमा आएर काम गर्न चाहेमा पनि तह मिलाएर सोही बमोजिम सुविधा र भत्ता दिने निर्णय समेत गरेको छ । मन्त्रीपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले निजी अस्पतालका चिकित्सक र सरकारी चिकित्सक मिलेर कोरोना विरुद्ध लड्नपर्ने भन्दै यो उपचारमा खटिने सबैको सेवा सुविधा एकै हुने बताएका हुन्।
सरकारी अस्पतालमा कोरोना रोगको उपचारमा खटिने कर्मचारीको तलबसुविधा र भत्ता बढाउने निर्णय भने यसअघि नै गरिएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम