Health TV Online
Health TV Online
Health TV Online

नर्भिक अस्पतालले ६० लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य मन्त्रालयलाई दियो

नर्भिक अस्पतालले ६० लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य मन्त्रालयलाई दियो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख मुल्य बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अस्पतालका प्रतिनिधिले उक्त मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्।

अस्पतालले पीपीई एक हजार थान, थ्रीएम एन ९५ मास्क २ हजार थान, सर्जिकल मास्क ४८ हजार थान मन्त्रालयलाई दिएको हो। यी सबै सामग्रीको लागत ६० लाख रुपैयाँ बराबर रहेको अस्पतालले जनाएको छ।

योसँगै अस्पतालले चैत मसान्तसम्म आफनो अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट समेत दिने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार