कोरोनाका कारण राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम स्थगित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभरी कोरोनाको महामारी फैलिएपछि सतर्कता अपनाउँदै ‘भिटामिन ए’ खुवाउने निर्धारित कार्यक्रम स्थगित गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित