खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं: भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना रिपोर्ट नगेटिभ आएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटीमा रहेका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको बताएका हुन्।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक एवं प्राविधिकले उनीहरुको स्वाबको नमूना संकलन गरेका थिए । उनीहरुमध्ये कसैमा पनि कोरोना देखिएन्।
कोरोना प्रभावित मूलुकबाट आएका ९४ जना नागरिकलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । यसअघि चीनको वुहानबाट उद्धार गरेर गत फागुन ४ मा ल्याइएका १ सय ७५ जना नागरिकलाई पनि यही क्वारेन्टाइनमा राखिएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम