चेपाङ गाउँमा दादुरा–रुबेला, दुई बालबालिकाको मृत्यु, १५० बिरामी
हेल्थ टिभी अनलाइन\धादिङ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरा रुबेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ। १५० बिरामी छन्।
आठ महिनाको वसन्त चेपाङ र २९ महिनाकी अनिशा चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन्। गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न छन्।
गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरा–रुबेला रोगको संक्रमण फैलिएको थियो। ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी भई मृत्यु हुने देखिएको थियो।
चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो। फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा एकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए। रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिए।
दुई वर्षअघि धादिङ जिल्ला पूर्णखोपयुक्त जिल्ला घोषणा गरेपनि योगाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमाया चेपाङले बताइन्।
गाउँपालिकाले महामारीका रूपमा रहेको दादुरा–रुबेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वागमती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ।
गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरा–रुबेला खोप लगाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !