तीन जिल्लामा ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले तीन जिल्लामा कोरोना भाइरसलक्षित ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कैलालीका दुई र कञ्चनपुरका एकजनामा कोरोना संक्रमण देखिएपछि शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बागलुङका दुईजनामा पनि संक्रमण देखिएको थियो।
सरकारले कोरोना संक्रमण रोकथाम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउने पनि निर्णय गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एक जिल्लादेखि अर्को जिल्ला र एक प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने