‘कोरोना रोकथाम र नियन्त्रणको काम विज्ञहरूको सल्लाहबमोजिम नै’
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन्।
जनस्वास्थ्य विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोरोना रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको जानकारी दिए।
कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्त्वपूर्ण साथ रहेको भन्दै उनले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गरे।
छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले अर्बाैं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनुपर्ने बताए। उनले कोभिड–१९ को नमुना परीक्षण कम्तीमा दैनिक एक हजार जनाको गर्ने गरी अघि बढ्नुपर्ने धारणा राखे। उनले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राखे।
जनस्वास्थ्यविज्ञ डा.अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै कोभिड १९ संसारकै लागि नौलो भएकाले वैज्ञानिकसमेत अन्योलमा रहेको बताए।
उनले कोभिड १९ संक्रमितमध्ये ८० प्रतिशतमा सामान्य मात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामना गर्ने बताए। छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, प्रा. डा. शरद वन्त, डा. दीपेन्द्ररमण सिंह, डा. प्रदीप वैद्य र डा. केदारप्रसाद बराललगायत विज्ञको उपस्थित थिए।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र