नेपालमा पहिलोपटक कोरोना भाइरस ‘लोकल लेबल’मा सर्यो, यो दोस्रो स्टेज हो : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण लोकल लेबलमा सरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना हालसम्म विदेशबाट आएका व्यक्तिमा मात्र देखिएको भन्दै अब भने लोकल लेबलमै सरेको पाइएको बताए । उनले भने, आज कोरोना पोजेटिभ भेटिएका दुई जना भारतबाट आएका भए पनि एक जना महिला भने कहीं नगएको तर संक्रमितको सम्पर्कमा रहेका कारण उनमा सरेको भन्दै अब बढी सतर्क हुनुपर्ने बताए । उनले भने, यो कोरोनाको दोस्रो स्टेज हो ।
उनले कोरोना परिवार र समाजमा फैलिन नदिन विदेशबाट आउने सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसिदिन आग्रह समेत गरे । आज थप तीन जनामा कोरोना भेटिएपछि नेपालमा संक्रमितको संख्या नौ पुगेको छ । यी मध्ये एक जना भने निको भएर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम