भक्तपुरमा कोरोना परीक्षण शुरु
हेल्थ टिभी अनलाइन\भक्तपुर : मध्यपुर थिमी नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु भएको छ। ल्याब स्थापना गरेको दुई सातापछि बिहीवार परीक्षण शुरु गरेको हो।
यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको छ। सेवा शुरु गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु नपर्ने बताए।
अस्पतालमा कोभिड–१९ परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म तयारी अवस्थामा राखिएको छ। नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पीसीआर) मेसिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ।
अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम