भक्तपुरमा कोरोना परीक्षण शुरु
हेल्थ टिभी अनलाइन\भक्तपुर : मध्यपुर थिमी नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु भएको छ। ल्याब स्थापना गरेको दुई सातापछि बिहीवार परीक्षण शुरु गरेको हो।
यो अस्पताल कोरोना भाइरस परीक्षण गर्ने जिल्लामै पहिलो अस्पताल बनेको छ। सेवा शुरु गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अब कोरोना परीक्षणका लागि टेकु अस्पताल जानु नपर्ने बताए।
अस्पतालमा कोभिड–१९ परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म तयारी अवस्थामा राखिएको छ। नगरपालिकाले अस्पतालको अगाडि छुट्टै घर भाडामा लिएर पोलिमराइज चेन रिएक्सन (पीसीआर) मेसिनसहितको ल्याब सञ्चालनमा ल्याएको छ।
अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब पनि सञ्चालनमा ल्याइएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने