कोरोना उपचार कोषमा आज मात्रै एक अर्ब जम्मा
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्बभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार आयोजित समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा रकम जम्मा भएको जानकारी दिए।
नेपाल आयल निगमले ५० करोड, नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १२ करोड दिएका छन्। यस्तै नेपाल फेडफरवार्डस् एसोसिएसनले सात लाख छ हजार १०१ रुपैयाँ दिएको छ।
नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड र नेपाल स्टक एक्सचेञ्जले तीन करोड ५१ लाख दिएका छन्।
यस्तै नागरिक लगानी कोषले दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनीले एक करोड ३५ लाख, बिमा समितिले पाँच करोड र राष्ट्रिय बिमा संस्थानले एक करोड दिएका छन्। यता कर्मचारी सञ्चय कोषले पाँच करोड, राष्ट्रिय बाणिज्य बैंकले एक करोड ८५ लाख र नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ रहेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोष खडा गर्नेवित्तिकै ५० करोड राखेको भन्दै मन्त्रीहरूको एक महिनाको तलब राख्ने भएको निर्णय भएको दोहोर्याए। सबै सार्वजनिक संस्थान, निजी क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै उनले कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताए।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने