स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना
हेल्थ टिभी अनलाइन\सिमकोट : उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ ले खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरे २५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए।
खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ हजार जरिवाना गराउने र परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताए।
भारत वा काठमाडौँलगायत विभिन्न शहरबाट आएर बाँके, सुर्खेत, जुम्ला र मुगु हुँदै हुम्ला पुगेका स्थानीयवासी क्वारेन्टाइनमा नमान्ने गरेको पाइएको छ।
जिल्लाभर १०३ शय्याको क्वारेनटाइन निर्माण गरिएको छ। कोरोनाको जोखिम बढेपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्न यहाँको स्थानीय सरकार र स्थानीय प्रशासनले जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ।
जिल्ला भित्रिएका ६८८ मध्ये २१ क्वारेटाइनमा रहेको बताइएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स