आज कोरोना पुष्टि भएकी बाग्लुङकी महिला छोरी भेट्न बेल्जियम गएकी थिइन्
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज कोरोना पुष्टि भएकी बाग्लुङकी ६५ वर्षकी महिला छोरी भेट्न बेल्जियम गएको खुल्न आएको छ ।
लामो समयदेखि बेल्जियममा रहेकी छोरी भेट्न गएकी महिलामा दमको समस्या बढेपछि निर्धारित समय भन्दा अगावै नेपाल आएको उनका आफन्तले बताए । महिला वृद्धा भएकाले आफन्त पर्ने युवतीसँगै साथ लगाएर उनलाई नेपाल पठाइएको पनि ती आफन्तले जिकीर गरे । केही दिन अघि मात्र ती युवतीमा कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले उपचारमा छिन्।
उनी पाँचौ संक्रमित युवतीसँगको सिटमा बेल्जियमबाट चैत ४ मा कतार हुँदै बाग्लुङसम्म पुगेकी थिइन्। उनीसँगै आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि वृद्धालाई पनि घरमै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घरमै रहेकी उनलाई धौलागिरी अस्पतालमा उपचारका लागि लाने तयारी भएको मन्त्रालयले जनाएको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स