टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं: हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरुको दोस्रोपटक कोरोना परीक्षण गरिएको थियो। दोस्रोपटक पनि कोरोना पोजेटिभ आएपछि उनीहरु अझै केही दिन अस्पतालमै बस्नुपर्नेछ ।
टेक अस्पतालमा उपचाररत दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तर दोस्रो रिपोर्ट पनि पोजेटिभ आयो, अस्पतालका एक चिकित्सकले भने । ‘त्यसैले अर्को जाँच पुन दुइदिनपछि गरिनेछ उनले भने , त्यतिन्जेल उहाँहरु यहीं बस्नुपर्ने हुन्छ ।
चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा