Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण शुरु

सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण शुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  उपत्यकाबाहिर कोरोना (कोविड- १९) नमुना परीक्षण शुरु भएको छ । । मंगलबार नै परीक्षणको लागि पीसीआर मेसिन आइपुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारबाट नैपरीक्षण शुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए । अहिलेसम्म कसैमा पनि पोजेटिभ रिपोर्ट आएको छैन्।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक  विनोदविन्दु शर्माले मंगलबारबाट नै स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । यसैगरी प्रदेश नं. २ को जनकपुर ,सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात आजबाट कोरोना नमुना परीक्षण शुरु गर्ने काम हुन लागेको कोभिड -१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार